सालाह मेस्सीजस्तै हुन सक्छन् तर ……

एजेन्सी, भदौ २४
इंग्लिस क्लब आर्सनलका पूर्वप्रशिक्षक आर्सेन वेंगरले स्पेनिस बार्सिलोनाका अर्जेन्टिनी स्टार लिओनल मेस्सी र इंग्लिस क्लब लिभरपुलका इजिप्टिएन स्टार मोहमद सालाहको तुलना गरेका छन् । विगतमा लामो समय आर्सनललाई प्रशिक्षण दिएका उनले सालाह मेस्सीजस्तै बन्न सक्ने भए पनि उनमा केही कमजोरी रहेको बताए ।

वेंगरले यो बताएका छन् कि, लिभरपुलका सालाह मेस्सीजस्तै बन्न सक्छन् । तर, उनको समस्या भनेको स्वार्थीपना हो । वेंगरले सालाहलाई गोल गर्ने मामिलामा कम स्वार्थी हुन सुझाव दिएका छन् ।

तर, वंगरले सालाहको खेल शैली र क्षमता भने मेस्सीकै जस्तो भएको पनि बताए । तर, उनीसँग मुख्य कुरा जे हो, त्यसमै समस्या रहेको बताए । उनले टिमलाई जिताउन र गोल गर्ने कुरामा सालाहले स्वार्थीपना त्याग्नुपर्ने बताए ।

‘मैले सालाहलाई एक राम्रो फिनिसरको रूपमा मात्र पाएको छु । तर, मेस्सी उनीभन्दा पूर्ण छन् । मेस्सी जो आफूले बल हान्दाभन्दा साथीले हान्दा गोल हुने सम्भावना बढी छ भने उनी सजिलै साथीलाई पास दिन्छन् । तर, सालाह जस्तोसुकै अवस्थामा पनि आफैं हान्न चाहेको देखिन्छ,’ एक अन्तर्वार्तामा बोल्दै वेंगरले भने ।

वेंगरले ढिलो–चाँडो बालोन डिओरजस्ता ठूला उपाधि जित्न सक्ने बताए । ‘मेरो विचारमा ढिलो–चाँडो बालोन डिओर र फिफा अवार्ड जित्छन्, उनले धैर्य गर्नुपर्छ,’ वेंगरले भने ।

प्रकाशित मिति September 9, 2019
Loading...