बार्सिलोनालाई चोटले थपियो तनाव : सेमेडोपछि उम्टिटी पनि घाइते

एजेन्सी, भदौ २२
यो सिजनको सुरुमै चोटले थलिएको बार्सिलोना लगातार चोटसँग जुध्ने भएको छ । क्लब फुटबल विश्राम भएर अन्तर्राष्ट्रिय ड्युटीमा फर्किएका उसका २ जना प्रमुख खेलाडी घाइते भएका छन् । गत राति युरो कप छनौटअन्तर्गच पोर्चुगल र सर्बियाको खेल दौरान बार्सिलोनाबाट खेल्ने राइट ब्याक नेल्सन सेमेडो घाइते भएका थिए । खेलको ६५औं मिनेटमा घाइते भएपछि स्टे«चरमा मैदान छाडेका उनको चोटको पूर्ण जानकारी आइसकेको छैन ।

यता, समेडोपछि अर्का डिफेन्डर सामुएल उम्टिटी पनि घाइते भएका छन् । गत राति फ्रान्सले युरो कप छनौटमा एन्डोरासँग खेल्नुअघिको अन्तिम प्रशिक्षणक्रममा उनी घाइते भएको फ्रान्सका प्रशिक्षकले पुष्टि गरेका छन् । चोट बोकेपछि उम्टिटी थप चेकजाँच तथा उपचारका लागि राष्ट्रिय टोली छाडेर बार्सिलोना फर्किंदैछन् । उनको दायाँ खुट्टामा चोट परेको छ । चोट बोकेसँगै उनले फ्रान्सको आगामी खेल गुमाउनेछन् ।

यता, बार्सिलोनामा पनि उनले केही खेल गुमाउनेछन् । उनको चोटको पूर्ण जानकारी आउन बाँकी नै रहेकाले उनी कहिलेसम्म मैदानबाहिर रहन्छन् भन्ने खुलिसकेको छैन । उम्टिटी सिजन २०१८–१९ मा लामो समय चोटग्रस्त भएर मैदान फर्किएयता उनी पटक–पटक चोट बोकिरहेका छन् । बार्सिलोनामा पछिल्लो समय प्रशिक्षक अर्नेस्टो भाल्भर्डेले उम्टिटीको स्थानमा सुरुआती टिममा फ्रान्सकै क्लेमेट लेङलेटलाई स्थान दिँदै आएका छन् ।

प्रकाशित मिति September 8, 2019
Loading...