बार्सिलोनाले मेस्सीसँग ‘लाइफटाइम’ सम्झौता गर्ने

एजेन्सी, भदौ २२
स्पेनिस बार्सिलोना आफ्ना खेलाडी लिओनल मेस्सी क्लबप्रति उत्तरदायी छन् भन्नेमा ढुक्क छ । किनभने, मेस्सी १३ वर्षको उमेरमा सन् २००१ मा बार्सिलोनामा अनुन्बध भएर आजसम्म पनि क्याम्प नोउमै छन् ।

तर, मेस्सीले अर्को सिजन बार्सिलोना छाड्न सक्ने चर्चा एकाएक बढेको छ । यो कुरा क्लबका अध्यक्ष जोसेप मारिया बार्टोमेउले पनि स्वीकारेका छन् । एक स्पेनिस मिडियासँग कुरा गर्दै उनले भनेका छन्, ‘यो साँचो हो, मेस्सीले २०२० मा क्लब छाड्ने निर्णय लिन सक्छन् । तर, हामी उनी यहीं रहनेमा ढुक्क छौं ।’

मेस्सीले पछिल्ला वर्ष लगातार ठूला उपाधि जित्न नसकेपछि र बढ्दो उमेरलाई ध्यान दिँदै अर्को वर्ष क्लब छाड्न सक्ने मनस्थिति बनाएको कुरा बुझेपछि बार्सिलोना भने उनीसँग आजीवन सम्झौता गर्न इच्छुक देखिएको छ । स्पेनिस मिडिया ‘मुन्डो डेपोर्टिभो’ ले बार्टोेमेउको अन्तर्वार्तासहित सो खबर प्रकाशित गरेको छ ।

सो अन्तर्वार्ताक्रममा बार्टोमेउले मेस्सी तयार भए आफूहरू उनीसँग ‘लाइफटाइम’ सम्झैता गर्न तयार रहेको प्रष्ट पारेका छन् । ‘हमी मेस्सीसँग आजीवन सम्झौता गर्न चाहन्छौं । उनीसँग के योजना छ थहा छैन । तर, उनी र हामीबीच कुरा गर्न कुनै समस्या छैन,’ बार्टोमेउले भने ।

मेस्सी बार्सिलोना छाडेर आफ्नो पुरानो अर्जेन्टिनी क्लब न्युवेल्स ओल्ड ब्वाई जान चाहन्छन् । यससअघि उनले पनि सो कुरा बताउँदै आएका छन् ।

प्रकाशित मिति September 8, 2019
Loading...