ब्राजिललाई नेइमारले जोगाए हारबाट : कोलम्बियासँग कठिन बराबरी

काठमाडौं, भदौ २१
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलले कोलम्बियासँग कठिन बराबरी खेलेको छ । आज बिहान मियामीमा भएको खेलमा ब्राजिलले पछि परेको अवस्था उल्टाएर २–२ को बराबरीको नतिजा निकाल्यो ।

स्टार खेलाडी नेइमार करिब तीन महिनापछि मैदान फर्किएको खेलमा ब्राजिललाई हारबाट जोगाउन उनै नेइमारले बराबरी गोल गरेका थिए । खेलमा अग्रता भने ब्राजिलले लिएको थियो । उसका लागि खेलको १९औं मिनेटमा कासेमिरोले गोल गरेका थिए ।

तर, खेलको २५औं मिनेटमा कोलिम्बयाले पेनाल्टी पायो । जसमा लुइस फर्नान्डिनोले गोल गर्दै खेल १–१ बनाए । त्यसपछि खेलको ३४औं मिनेटमै उनै फर्नान्डिनोले गोल गर्दै ब्राजिलविरुद्ध १–२ को अग्रता दिलाए ।

तर, दोस्रो हाफमा ब्राजिल खेलमा फर्कियो । खेलको ५८औं मिनेटमा नेइमारले गोल गर्दै खेल २–२ बनाए । त्यसपछि बाँकी समयमा दुवै टोलीबाट गोल नभएपछि खेल बराबरीमा टुंगियो । नेइमारले लामो समयपछि मैदान फर्किएको खेलमा गोल गरेर टिमलाई हारबाट जोगाउन सघाए ।

प्रकाशित मिति २१ भाद्र २०७६, शनिबार ०२:३२
Loading...