नापोलीका नयाँ खेलाडीद्वारा रोनाल्डोको तारिफ– ‘उनी अरूभन्दा माथि छन्’

एजेन्सी, भदौ २०
इटालियन क्लब नापोलीका नयाँ खेलाडी हार्भिङ लोजानाले लिग प्रतिस्पर्धी क्लब युभेन्टसका सुपरस्टार क्रिस्टियानो रोनाल्डोको तारिफ गरेका छन् । यसै समरमा पिएसभी इन्डोभिनबाट नापोलीमा अनुबन्ध भएका मेक्सिकन खेलाडीले रोनाल्डो खेल्ने लिगमा आउन पाउँदा खुसी लागेको बताए ।

लोजानोले रोनाल्डो अन्य खेलाडीभन्दा फरक रहेको र उनीबाट सधैं प्रेरणा मिल्ने बताए । नापोलीमा अनुबन्ध भएपछि डेब्यु खेल नै युभेन्टसविरुद्ध खेलेका लोजानोले रोनाल्डो सबैभन्दा माथि रहेको पनि बताए । ‘सिरी ए लिगमा आउनुलाई मैले लागि एकदमै राम्रो निर्णय मानेको छु । यहाँ क्रिस्टियानोजस्ता खेलाडी छन्, जो एक जादुगर खेलाडी हुन्,’ लोजानोले भने, ‘उनी यो धर्तीभन्दा बाहिरबाट आएजस्तो लाग्छ ।’

इटालीमा डेब्यु खेल नै रोनाल्डोको टिमविरुद्ध खेल्दा आफूले एकदमै मज्जा लिएको पनि उनले बताए । ‘म पहिलो खेलमा बेन्चमा थिएँ । तर, यो खेल मेरा लागि एकदमै राम्रो रह्यो । मैले बेन्चबाट आएर टिमका लागि गोल गरें । रोनाल्डोको टिमविरुद्ध गोल गर्नु सधैं फरक हुन्छ । उनीजस्ता ठूला खेलाडीविरद्ध खेल्न र गोल गर्न पाउँदा म खुसी छु ।’

लोजानाले इटालीमा रहँदा आफूले रोनाल्डोबाट थुप्रै कुरा सिक्ने बताए । ‘उनी एक नेता र बलियो मनोबल भएका खेलाडी हुन् । उनी अहिले पनि युवाझैं खेलिरहेका छन् । उनीबाट मैले यहाँ रहुन्जेल थप्रै कुरा सिक्नेछु,’ लोजानोले थपे ।

नापोली र युभेन्टस सिजनको पहिलो खेलमा युभेन्टसको घरमा भिड्दा युभेन्टसले ४–३ ले खेल जितेको थियो । सो खेलमा लोजानो र रोनाल्डो दुवैले गोल गरेका थिए ।

प्रकाशित मिति २० भाद्र २०७६, शुक्रबार १५:११
Loading...