ब्राजिल र कोलम्बियाको रोमाञ्चक खेल हुँदै

काठमाडौं, भदौ २०
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा भोलि (शनिबार) बिहान एक रोमाञ्चक खेल हुँदैछ । सो खेलमा दक्षिण अमेरिकी क्षेत्रका दुई बलिया टोली ब्राजिल र कोलम्बिया आमनेसामने हुँदैछन् । दुई महिनाअघि कोपा अमेरिका टुर्नामेन्टमा सहभागी भएपछि यी दुई देश पहिलो खेल खेल्दैछन् ।

खेल अमेरिकाको मियामीस्थित हार्ड रक स्टेडियममा शनिबार बिहान ६ः१५ बजेबाट सुरु हुनेछ । दुवै देशका टोली सो खेलका लािग मियामी उत्रिसकेका छन् ।

यस खेलमा ब्राजिलका कप्तान नेइमार लामो समयपछि मैदान फर्किंदैछन् । तीन महिनाअघि चोटग्रस्त बनेका उनी क्लब र देश दुवै टोलीबाहिर रहँदै आएकोमा यसै खेलबाट मैदानमा पुनरागमन गर्दैछन् । यस खेललाई नेइमारको कमब्याक खेलका रूपमा पनि हेरिएको छ ।

ब्राजिलले दुई महिनाअघि आफ्नो भूमिमा भएको कोपा अमेरिका जितेको थियो । त्यसपछि उसले कोलम्बियासँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । ब्राजिलको टोलीमा अधिकांश स्टार खेलाडी हुनेछन् । यता, कोलम्बियाको टोलीमा स्टार खेलाडी हामेस रोड्रिग्वेज भने चोटका कारण हुनेछैनन् ।

प्रकाशित मिति २० भाद्र २०७६, शुक्रबार १३:५९
Loading...