युरो कप छनौटमा आज ९ खेल : जर्मनी र नेदरल्यान्ड्सको महाभिडन्त आजै

काठमाडौं, भदौ २०
सन् २०२० को युरो कप छनौट खेलअन्तर्गत आज एकैदिन कूल ९ खेल हुँदैछन् । आज हुने खेलहरूमा अधिकांश ठूला टोलीका खेल हुँदैछन् । आज हुने खेलहरूमा क्रोएसिया, वेल्स, अस्ट्रिया, रसिया, पोल्यान्ड र बेल्जियमको खेल हेर्नलायक हुनेछ ।

यता, आज हुने खेलमा सर्वाधिक महत्त्वपूर्ण खेल जर्मनी र नेदरल्यान्ड्सको हुनेछ । युरोपका दुई बलिया टिमको यो खेल आज धेरैका लागि प्रतीक्षाको खेल हुनेछ । यसअघि गत मार्च २५ मा नेदरल्यान्ड्सको भूमिमा भएको पहिलो खेलमा जर्मनीले २–३ को जित निकालेको थियो ।

आज नेदरल्यान्ड्स जर्मनीको घरमा उत्रिँदा यसअघिको हारको बदला लिने दाउमा हुनेछ । घरेलु टोली जर्मन आज आफ्नो घरमा पाहुना टोली नेदरल्यान्ड्सलाई हराएर समूह ‘सी’को शीर्ष टोली उत्तरी आयरल्यान्डसँग अंक बराबरी गर्ने दाउमा छ ।

हाल जर्मनी ३ खेलबाट ९ अंकसहित तेस्रो स्थानमा छ भने नेदरल्यान्ड्स २ खेलबाट ३ अंकसहित तेस्रोमा छ । जर्मनी छनौट खेलमा शतप्रतिशत जितसहित अघि बढिरहेको छ । ऊ आज पनि आफ्नो घरमा स्पष्ट जितको खोजीमा हुनेछ ।

आज हुने खेल र समय (नेपाली) :

  1. इस्टोनिया भर्सेस बेलारुस – राति ९ः४५ बजे
  2. साईप्रस भर्सेस ताजकिस्तान – राति ९ः४५ बजे
  3. स्लोभाकिया भर्सेस क्रोएसिया – राति १२ः३० बजे
  4. वेल्स भर्सेस अजरबैजान – राति १२ः३० बजे
  5. जर्मनी भर्सेस नेदरल्यान्ड्स – राति १२ः३० बजे
  6. अस्ट्रिया भर्सेस लाट्भिया – राति १२ः३० बजे
  7. स्कटल्यान्ड भर्सेस रसिया – राति १२ः३० बजे
  8. स्लोभेनिया भर्सेस पोल्यान्ड – राति १२ः३० बजे
  9. सान मारिनो भर्सेस बेल्जियम – राति १२ः३० बजे

प्रकाशित मिति September 6, 2019
Loading...