नेइमार इज ब्याक : कोलम्बियाविरुद्ध पहिलो रोजाइमा खेल्ने

एजेन्सी, भदौ २०
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलअन्तर्गत नेपाली समयअनुसार भोलि (शनिबार) बिहान ब्राजिल र कोलम्बिया खेल्दैछन् । दुई बलिया टोली आपसमा भिड्दा यस खेलमा ब्राजिलियन नेइमार भने आकर्षणको केन्द्रमा हुनेछन् ।

यस खेलमा ब्राजिलका स्थायी कप्तान नेइमार लामो समयपछि टोलीमा फर्किंदैछन् । नेइमार ३ महिनापछि मैदानमा फर्किन लागेका हुन् । नेइमार गत भदौमा कोपा अमेरिकाको पूर्वसन्ध्यामा मैत्रीपूर्ण खेल दौरान घाइते भएयता मैदानमा उत्रिएका छैनन् ।

फ्रेन्च क्लब पिएसजीमा पनि सरुवा चर्चाले हालसम्म टोलीबाहिर रहँदै आएका उनी गत भदौ २३ गतेयता पहिलोपटक कोलम्यिबाविरुद्धको खेलबाट मैदानमा पुनरागमन गर्दैछन् । तसर्थ पनि यस खेललाई महत्त्वसाथ हेरिएको छ ।

मियामीमा हुने सो खेलमा नेइमार ब्राजिलको सुरुआती टोलीमा रहने प्रशिक्षक टिटेले प्रष्ट पारेका छन् । सो खेलमा टिटेले रियल मड्रिडका युवा विंगर भिनिसियस जुनियरलाई पनि समेटेका छन् । जसमा जुनियर बेन्चबाट सुरु गर्दा नेइमार सुरुआती टोलीमा रहनेछन् ।

टिटेले खेलअघि मिडियासँग बोल्दै नेइमारका लागि यो मैत्रीपूर्ण खेल फिटनेस जाँच गर्न पनि सही हुने बताए । उनले नेइमारको तारिफ गर्दै नेइमारलाई टोलीमा फर्काउन पाउँदा खुसी लागेको बताएका छन् ।

दुई महिनाअघि आफ्नो भूमिमा भएको कोपा अमेरिका फुटबलमा नेइमारले चोटकै कारण खेल्न पाएनन् । प्रतियोगिताभन्दा एक साताअघि घाइते भएपछि उनी टोलीबाहिर भएका थिए ।

प्रकाशित मिति September 6, 2019
Loading...