च्याम्पियन्स लिग खेल्ने युभेन्टसको टिम घोषणा : को–को परे ?

एजेन्सी, भदौ १९
इटालियन क्लब युभेन्टसले सिजन २०१९–२० मा युरोपियन च्याम्पियन्स लिग खेल्ने टोली घोषणा गरेको छ । उसले यसै महिनाबाट सुरु हुने प्रतियोगिताका लागि प्रारम्भिक टोली घोषणा गरेको हो । घोषित टोलीमा २२ सदस्य छन् । घोषित टोलीमा अधिकांश पहिलो रोजाइका खेलाडी परेका छन् । टोलीमा क्रिस्टियानो रोनाल्डो, नयाँ युवा डिफेन्डर माथिस लिड लिग्ट, नयाँ मिडफिडर आड्रेन राबिओट, आरोन रामेसीदेखि यसै सिजन क्लब फर्किएका गोलकिपर जियानलुइजी बुफोनसमेत परेका छन् ।

युभेन्टसको टोलीमा मारियो मान्डुज्की, इम्री क्यानलाई प्रशिक्षकले टोलीमा राखेका छैनन् । यता, कप्तान जर्जियो चिलिनी चोटका कारण टोलीबाहिर रहेका छन् । हालै मात्र इंग्लिस क्लब चेल्सीबाट युभेन्टस आएका नयाँ प्रशिक्षक माउरिसियो सार्रीले उपाधि जित्ने लक्ष्यसाथ टोली घोषणा गरेका छन् । समर सिजनमा खेलाडी अनुबन्धमा राम्रै बजेट खर्चिएको युभेन्टस यसपटक जसरी पनि यो प्रतियोगिता जित्न चाहन्छ ।

यस्तो छ टोली :

गोलकिपर – वोजचिएक सेचेज्नी, जियानलुइजी बुफोन, पिङ्सोज्लिओ

डिफेन्डर – माटिया डि स्केजलियो, माथिस डि लिग्ट, एलेक्स सान्ड्रो, ड्यानिलो, बोनुची, ड्यानिले रुगानी, डेमिराल
मिडफिल्डर – मिरेलाम पियानिच, सामी खेडिरा, आरोन रामेसी, ब्लेइसी माटुइडी, जुवान काउडराडो, आडे«न राबिओट, रोड्रिगो बेन्टाकुर, डग्लस कोस्टा

फरवार्ड – क्रिस्टियानो रोनाल्डो, पाउलो डिबाला, गोन्जालो हिगुइन, फेडरिको बर्नान्डेची

प्रकाशित मिति September 5, 2019
Loading...