रियलका स्टार गोलकिपर नाभास पिएसजीद्वारा सार्वजनिक

एजेन्सी, भदौ १७
फ्रेन्च क्लब पिएसजीले नयाँ गोलकिपर केलर नाभास सार्वजनिक गरेको छ । उसले स्पेनिस रियल मड्रिडका स्टार गोलकिपर कोस्टारियन नाभासलाई अघिल्लो दिन नै सार्वजनिक गरेको हो ।

रियलमा दोस्रो रोजाइमा सीमित भएपछि नाभासले निराश बनेर रियल छाड्ने निर्णय गरेका थिए । गत सिजन रियलले इंग्लिस क्लब चेल्सीबाट बेल्जियन गोलकिपर थिबाउट कोर्टुवालाई अनुबन्ध गरेपछि नाभास दोस्रो रोजाइमा रहँदै आएका थिए ।

प्रशिक्षक जिनेदिन जिदानको नेतृत्वमा नाभास नयाँ सिजन पनि दोस्रो रोजाइमै रहने भएपछि रियल छाड्ने निर्णय गरेका हुन् । रियलले नाभास दिएर पिएसजीका गोलपिकर अल्फोन्स आरिओलालाई एक सिजन लोनमा लिएर दिएको हो । डिलअनुसार पिएसजीले रियललाई १५ मिलिलयन युरोसमेत दिनेछ ।

हाल ३२ वर्ष पुगेका नाभास रियल सफल गोलकिपर दरिएका थिए । उनले रियलमा रहँदा तीन च्याम्पियन्स लिग, चार क्लब विश्वकप, तीन स्पेनिस सुपर कप र तीन युइएफए सुपर कपको उपाधि जितेका थिए ।

प्रकाशित मिति September 3, 2019
Loading...