बार्सिलोनाका राफिन्हालाई सेल्टाले भित्र्यायो

एजेन्सी, भदौ १७
स्पेनिस बार्सिलोनाका ब्राजिलियन मिडफिल्डर राफिन्हा ला लिगा क्लब सेल्टा भिगोमा अनुबन्ध भएका छन् । सरुवा सिजनको अन्तिम समयमा बार्सिलोनाले २६ वर्षीय राफिन्हालाई एक सिजनका लागि लोनमा सेल्टामा पठाएको हो ।

सन् २०११ देखि बार्सिलोनामा रहेका राफिन्हा यसअघि सिजन २०१४–१४ मा पनि लोनमा एक सिजन सेल्टाबाट खेलिसकेका छन् । उनी दोस्रोपटक लोनमा सोही क्लबमा अनुबन्ध भएका हुन् ।

बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भर्डेले टोलीमा मिडफिल्डरको संख्या बढी भएपछि राफिन्हालाई लोनमा बाहिर पठाउने निर्णय गरेका हुन् । यसअघि क्रोएसियन इभान राकिटिक पनि इटालियन युभेन्टस जाने चर्चामा रहे पनि उनी भने यो समर बार्सिलोनामै रहने पक्का भएको छ ।

प्रकाशित मिति September 3, 2019
Loading...