प्रिमियर लिग : आज आर्सनल र टोटनह्यामको रोमाञ्चक भिडन्त हुँदै

काठमाडौं, भदौ १५
इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा आज दुई खेल हुँदैछन् । लिगको चौथो साताअन्तर्गत आज अन्तिम दुई खेल हुन लागेका हुन् । आज हुने पहिलो खेलमा साँझ ६ः४५ बजेबाट एभर्टन र उल्भसको भिडन्त हुनेछ । हाल अंक तालिकामा एभर्टन ४ अंकसहित १२औं स्थानमा छ भने उल्भ्स ३ अंकसहित १७औं स्थानमा रहेको छ ।

आज हुने अर्को खेलमा दुई ठूला टिम आर्सनल र टोटनह्याम आमनेसामने हुँदैछन् । उपाधि दाबेदार दुई टिम यो सिजनको पहिलो भेटमा भिड्दा यो खेल निकै रमोञ्चक हुनेछ । यो खेलका लागि आर्सनलले टोटनह्यामलाई आफ्नो घरमा स्वागत गर्दैछ । खेल नेपाली समयअनुसार राति ९ः१५ बजेबाट सुरु हुनेछ । हाल अंक तालिकामा आर्सनल तीन खेलबाट ६ अंक जोडेर छैटौं स्थानमा छ भने टोटनह्याम ४ अंकसहित १०औं स्थानमा रहेको छ ।

प्रकाशित मिति September 1, 2019
Loading...