प्रिमियर लिग : शानदार जितसहित लिभरपुल शीर्ष स्थानमा चढ्यो

काठमाडौैं, भदौ १५
इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले विजयी यात्रा जारी नै राखेको छ । शनिबार राति भएको लिगको चौथो खेलमा पनि स्पष्ट जित निकाल्दै उसले यो सिजन लिगमा विजयी यात्रा जारी नै राखेको हो । लिगको चौथो खेलमा लिभरपुलले बर्नलीलाई उसकै घरम ०–३ ले हरायो । यो सिजन लिभरपुलको यो लगातार चौथो जित हो । लिभरपुललाई अवे मैदानमा जिताउन १ गोल उपहारमा पायो भने १ गोल रोवर्ट फर्मिन्हो तथा १ गोल साडियो मानेले गरे । खेलको ३३औं मिनेटमा बर्नलीका उडले आफ्नै पोस्टमा गोल गरेपछि पाहुना टोली लिभरपुलले खेलमा अग्रता लिएको थियो ।

त्यसपछि लिभरपुलले २ गोल थप्यो । खेलको ३७औं मिनेटमा मानेले सहजै गोल गर्दै खेल ०–२ बनाए । सो गोलपछि लिभरपुल जिततर्फ अघि बढेको थियो । त्यसपछि खेलको ८०औं मिनेटमा फर्मिन्होले गोल गरेपछि खेल लिभरपुलले ०–३ ले जित्यो । अब यो जितपछि लिभरपुलले ४ खेलमा सबै खेल जितेर १२ अंकसहित लिगको शीर्ष स्थानमा चढेको छ । समान खेल खेलेको म्यानचेस्टर सिटी १० अंकसहित दोस्रो स्थानमा छ भने लेस्टर सिटी ८ अंकसहित तेस्रो स्थानमा रहेको छ । ७ अंक भएको क्रिस्टल प्यालेस चौथो स्थानमा रहेको छ ।

प्रकाशित मिति August 31, 2019
Loading...