प्रिमियर लिग : ब्राइटनमाथि सिटीको शानदार जित, अगुएरोको २ गोल

काठमाडौं, भदौ १४
इंग्लिस प्रिमियर लिग फुटबलमा साबिक च्याम्पियन म्यानचेस्टर सिटीले लिगको चौथो खेलमा शानदार जित निकालेको छ । शनिबार राति आफ्नो घरमा भएको खेलमा उसले पाहुना टोली ब्राइटनविरुद्ध ४–० को जित निकाल्यो । यो जितसँगै सिटी आजै राति लिभरपुलको खेल नहुँदासम्म लिगको शीर्ष स्थानमा पनि उक्लिन सफल भएको छ । आज राति आफ्नो खेलमा लिभरपुल विजयी भए सिटी दोस्रो स्थानमै झर्नेछ ।

सिटीलाई घरेलु मैदानमा जिताउन ३ जना खेलाडीले गोल गरे । सर्जियो अगुएरोले २ गोल गरे । उसका लागि खेल सुरु भएको दोस्रो मिनेटमै केभिन डे ब्रुयानले पहिलो गोल गरेका थिए । त्यसपछि ४२औं मिनेटमा सर्जियो अगुएरोले गोल गरेपछि सिटीले पहिलो हाफमा पाहुना टोलीविरुद्ध २–० को सहज अग्रता बनाएको थियो ।

दोस्रो हाफमा सिन सिटीले २ गोल थप्यो । जसमा खेलको ५५औं मिनेटमा अगुएरोले नै व्यक्तिगत दोस्रो गोल गरेका थिए भने ७९औं मिनेटमा बर्नान्डो सिल्भाले गोल गरेपछि सिटीले खेल ४–० ले जित्यो । यो जितसँगै सिटीले ४ खेलबाट १० अंक बनाएको छ । पराजित ब्राइटन भने समान खेलबाट ४ अंक बनाएर अंक तालिकाको १६औं स्थानमा रहेको छ ।

प्रकाशित मिति August 31, 2019
Loading...