सिरी ए : आज युभेन्टस र नापोलीको रोमाञ्चक भिडन्त हुँदै

काठमाडौं, भदौ १४
इटालियन सिरी ‘ए’ फुटबलमा आज एक रोमाञ्चक खेल हुँदैछ । आज साबिक विजेता टोली युभेन्टस र नापोली सिजनको पहिलो भेटमा आमनेसामने हुन लागेका हुँदैछन् । यो खेल नेपाली समयअनुसार आज राति १२ः३० बजेबाट युभेन्टसको घरेलु रंगशालामा हुनेछ । युभेन्टसका लागि यो सिजनको पहिलो होम म्याच हुनेछ । यसअघि उसले अवे मैदानमा सिजनको पहिलो खेलमा पार्मालाई हराएर ३ अंक जोडेको छ । ऊ हाल लिगको आठौं स्थानमा रहेको छ ।

युभेन्टस आज आफ्नो घरमा हुने सिजनको पहिलो खेलमा उपाधि दाबेदार टोली नापोलीलाई हराएर पहिलो होम म्याचमै जितको नतिजा निकाल्ने दाउमा हुनेछ । आज युभेन्टसको टोलीमा नियमित कप्तान जर्जियो चिलिनी चोटका कारण हुनेछैनन् । अघिल्लो दिन मात्रै युभेन्टसले चिलिनी चोटका कारण ६ मैदानबाहिर रहने पुष्टि गरेको छ । उनको घुँडाका चोट परेकाले शल्यक्रिया गर्नुपर्ने भएको क्लबले जनाएको छ । आज उनको अनुपस्थितिमा टोलीमा युवा डिफेन्डर माथिस डि लिग्टले पहिलो रोजाइमा स्थान बनाउनेछन् ।

चिलिनीबाहेक आज युभेन्टसको टोलीमा सुपरस्टार क्रिस्टियानो रोनाल्डो, पाउलो डिबाला, डग्लस कोस्टादेखि लिएर मिडफिल्डमा पनि पाहिलो रोजाइका खेलाडी उपलब्ध हुनेछन् । सिजनको पहिलो खेलमा गोल गर्न नसकेका फरवार्ड रोनाल्डोका लागि आज आफ्नो घरमा गोल गरेर नयाँ सिजनमा गोलको खाता खोल्ने अवसर छ ।

प्रकाशित मिति August 31, 2019
Loading...