प्रिमियर लिगमा आज आठ खेल : सिटी र लिभरपुलको खेल पनि आजै

काठमाडौं, भदौ १४
इंग्लिस प्रिमियर लिगमा आज एकै दिन आठ खेल हुँदैछन् । आज लिगको चौथो साताको खेलमा आठ खेल हुन लागेका हुन् । आज हुने खेलमा अधिकांश ठूला टोलीका खेल हुनेछन् । लिग लिडर लिभरपुल, साबिक विजेता म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडले आज आ–आफ्नो खेल खेल्नेछन् । आज हुने खेलहरूमा सिटी, युनाइटेड, चेल्सी र लिभरपुलका खेल सबैभन्दा केन्द्रमा हुनेछन् । त्यसमा पनि हाल अंक तालिकाका पहिलो स्थानमा रहेको लिभरपुल र दोस्रो स्थानमा रहेको सिटीको खेल मुख्य आकर्षण बन्नेछ । आज हुने खेल नेपाली समयअनुसार :

  1. साउथह्यामपटन भर्सेस म्यानचेस्टर युनाइटेड – साँझ ५ः१५ बजे
  2. क्रिस्टल प्यालेस भर्सेस एस्टन भिल्ला – राति ७ः४५ बजे
  3. चेल्सी भर्सेस सेफ युनाइटेड – राति ७ः४५ बजे
  4. न्युक्यास्टल भर्सेस वाटफोर्ड – राति ७ः४५ बजे
  5. म्यानचेस्टर सिटी भर्सेस ब्राइटन – राति ७ः४५ बजे
  6. वेस्ट ह्याम भर्सेस नर्विच सिटी – राति ७ः४५ बजे
  7. लेस्टर सिटी भर्सेस बोर्नेमाउथ – राति ७ः४५ बजे
  8. बर्नली भर्सेस लिभरपुल – राति १०ः१५ बजे

प्रकाशित मिति August 31, 2019
Loading...