लिग वान : एमबाप्पे र काभानीबिना पनि पिएसजीको सहज जित

काठमाडौं, भदौ १४
फ्रेन्च लिग वान फुटबलमा पिएसजीले सहज जित निकालेको छ । गत राति भएको खेलमा आफ्ना स्टार खेलाडी केलियन एमबाप्पे र इडिसन काभानीबिना पनि पिएसजीले अवे मैदानमा मेट्जविरुद्ध ०–२ को जित निकाल्यो । अवे मैदानमा पिएसजीलाई जिताउन एन्जल डि मारियाले खेलको ११औं मिनेटमा पेनाल्टीबाट टोलीका लागि सुरुआती गोल गरेका थिए । त्यसपछि खेलको ४३औं मिनेटमा पिएसजीले दोस्रो गोल थपेर अग्रता बढायो ।

पिएसजीका लागि दोस्रो गोल इरिक म्याक्सिमले गरेका थिए । उनकै गोलको मदतमा पिएसजीले पहिलो हाफमा ०–२ को अग्रता बनायो । त्यसपछि दोस्रो हाफमा दुवै टिमबाट गोल नभएपछि खेल पिएसजीले ०–२ ले जित्यो । यो जितपछि पिएसजीले ४ खेलबाट ९ अंक जोड्दै लिगको शीर्ष स्थानमा चढेको छ । एक खेल कम खेलेको रेनेज ९ अंकसहित दोस्रो स्थानमा छ ।

प्रकाशित मिति १४ भाद्र २०७६, शनिबार ०३:३८
Loading...