हाजार्डले जिते युरोपा लिग लिगको वर्षको उत्कृष्ट खेलाडीको अवार्ड

काठमाडौं, भदौ १३
यसै समरमा स्पेनिस रियल मड्रिडमा अनुबन्ध भएका इंग्लिस क्लब चेल्सी तथा बेल्जियमका खेलाडी इडेन हाजार्डले गत सिजनका लागि युइएफए युरोपा लिग फुटबलको वर्षको उत्कृष्ट खेलाडीको अवार्ड जितेका छन् । गत सिजन चेल्सीबाट युरोपा लिग खेलेका उनले वर्षकै उत्कृष्ट खेलाडीको अवार्डमा बाजी मारे ।

गत सिजन चेल्सीलाई युरोपा लिगको उपाधि जिताउनेक्रममा हाजार्डले महत्त्वपूर्ण प्रदर्शन गरेका थिए । उनले २ गोल गरेर २ गोलका लागि असिस्ट गरेका थिए ।

उनले गत सिजन चेल्सीका लागि सबैखाले प्रतियोगिताबाट २१ गोल गर्दै १७ गोलका लागि असिस्ट गरेका थिए । चेल्सीले युरोपा लिगको फाइनलमा आर्सनललाई ४–१ ले हराएर उपाधि जित्दा हाजार्ड सो खेलको म्यान अफ् दि म्याच बनेका थिए । सोही खेलमा उनले २ गोल गरेका थिए, जुन चेल्सीको जर्सीमा उनका लागि अन्तिम खेल थियो ।

यसपटक युरोपा लिगको सिजनको उत्कृष्ट खेलाडीको अवार्डका लागि टप–३ मा जर्मन क्लब फ्रान्कफुर्टका लुका जोभिक (हाल रियल मड्रिड) र चेल्सीकै ओलिभर जिरुड रहेका थिए । जमसा हाजार्डले कूल ३४० अंक ल्याएर अवार्ड जित्दा जिरुडले ११९ अंक पाए पनि जोभिकले ९४ अंक पाए ।

प्रकाशित मिति १३ भाद्र २०७६, शुक्रबार १५:०४
Loading...