लेवान्डोस्कीले बार्यनसँग चार वर्ष सम्झौता लम्ब्याए

एजेन्सी, भदौ १२
जर्मन क्लब बार्यन म्युनिखका स्टार फरवार्ड रोवर्ट लेवान्डोस्कीले क्लबसँग ४ वर्ष सम्झौता लम्ब्याएका छन् । हाल ३१ वर्ष पुगेका पोलिस खेलाडी लेवाडोस्कीले सन् २०२३ सम्म बार्यनमै रहने गरी सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

बार्यनले अफिसियल रूपमा लेवान्डोस्कीसँग सम्झौता नवीकरण भएको जानकारी दिँदै उनी सन् २०२३ सम्म क्लबमै रहने पुष्टि गरेको छ ।

हाल ३१ वर्ष पुगेका लेवान्डोस्की सन् २०१४ देखि बार्यनमै छन् । त्यसयता उनले क्लबका लागि २ सय ४६ खेल खेल्दै १ सय ९७ गोल गरेका छन् । हालसम्म उनले बार्यनका लागि पाँच बुन्डेसलिगासहित १० प्रमुख उपाधि जितेका छन् ।

प्रकाशित मिति August 29, 2019
Loading...