च्याम्पियन्स लिगबारे रोनाल्डोको यस्तो दाबी

एजेन्सी, भदौ ७
इटालियन क्लब युभेन्टसका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले आफूहरूका लागि च्याम्पियन्स लिग जित्न यो सिजन सबै हिसाबले सही भएको बताएका छन् । अघिल्लो सिजन रियल मड्रिड छाडेर युभेन्टस पुगेका रोनाल्डोले यसपटक युरोपियन उपाधि जित्न आफूहरू सबथोक दिन तयार रहेको बताए ।

‘च्याम्पियन्स लिग जित्न सजिलो छैन, यो सबैलाई थाहा छ । यो प्रतियोगिता जित्ने सपना सबै क्लब र खेलाडीको हुन्छ,’ रोनाल्डोले हालै एक अन्तर्वार्तामा भनेका छन् ।

यसपटक युभेन्टससँग च्याम्पियन्स लिग जित्न आवश्यक सबै कुरा रहेको बताउँदै टिम त्यसका केन्द्रित रहेको रोनाल्डोले बताए । ‘यस सिजन हाम्रो प्रमुख ध्यान च्याम्पियन्स लिगमा हुनेछ । त्यसका लागि हामीसँग सबै कुरा छ,’ रोनाल्डोले भने, ‘हामीसँग नयाँ प्रशिक्षक, नयाँ खेलाडी पनि छन्, युभेन्टस आफैंमा एक बलियो टिम हो,’ रोनाल्डोले भने, ‘मेरो विचारमा च्याम्पियन्स लिग जित्न हाम्रा लागि यो नै सबैभन्दा सही समय हो ।’

रोनाल्डो नयाँ प्रशिक्षक सार्रीको आगमनले टिमको खेल शैलीमा केही परिवर्तन हुने अपेक्षा राख्छन् । ‘मेरो विचारमा सारी युभेन्टसको भइरहेको भन्दा फरक शैलीका प्रशिक्षक हुन्, उनको योजना र शैलीले टिमलाई फरक बनाउनेमा म ढुक्क छु,’ रोनाल्डोले भने, ‘हामी परम्परागत रक्षात्मकभन्दा आक्रामक खेल खेलेर नयाँ कथा रच्न चाहन्छौं ।’

युभेन्टसले सन् १०९६ मा यो उपाधि जितेयता पुनः जित्न सकेको छैन । युभेन्टसले गत सिजन यो उपाधि जित्ने लक्ष्यसहित रियल मड्रिडबाट रोनाल्डोलाई अनुबन्ध गरे पनि युभेन्टस अन्तिम आठमा डच क्लब आयाक्ससँग पराजित हुँदै प्रतियोगिताबाट आउट भएको थियो ।

प्रकाशित मिति August 23, 2019
Loading...