नेपालको राष्ट्रिय टोलीको कप्तानी सुजलले गर्ने

काठमाडौं, भदौ ७
मैत्रीपूर्ण खेलका लागि नेपालको राष्ट्रिय टोलीको कप्तान सुजल श्रेष्ठले गर्ने भएका छन् । मलेसिया च्याम्पियन जोहर दारुल ताजिमसँग हुने मैत्रीपूर्ण खेलमा नेपालको कप्तानी सुजल गर्ने भएका हुन् ।

विश्वकप छनौटको दोस्रो चरणमा कुवेतसँग खेल्नुअघि नेपालले मलेसिया च्याम्पियनसँग दुई मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ । नियमित गोलकिपर किरण लिम्बू र रोहित चन्द विदेशी लिगमा व्यस्त रहेको र विराज महर्जन टिममा नपरेपछि सुजलले कप्तानी गर्ने जिम्मेवारी पाएका हुन् ।

प्रकाशित मिति August 23, 2019
Loading...