रियल मड्रिड नेइमार अनुबन्धको नजिक !

एजेन्सी, भदौ ७
स्पेनिस क्लब रियल मड्रिडले फ्रेन्च क्लब पिएसजीका ब्राजिलियन स्टार नेइमार अनुबन्ध गर्न थप सक्रियता बढाएको छ । उसले पिएसजीलाई नेइमारका लागि परिमार्जित नयाँ प्रस्ताव गर्न लागेको छ ।

स्पेनिस मिडिया रिपोर्टअनुसार रियल नेइमारलाई अर्को सातासम्ममा सान्टियागो बेर्नाबेउमा उतार्नेमा विश्वस्त देखिएको छ । यसअघि रियलले ३ खेलाडीसहित १०० मिलियन पाउन्डको अफर गरेकोमा पिएसजीबाट अस्वीकार भएपछि उसले पुनः नयाँ प्रस्ताव गर्न लागेको हो ।

शनिबार पेरिसमा पिएसजी र रियलका अधिकारीबीच निर्णायक छलफल हुने तयारी छ । सम्भवतः नेइमारको समर सरुवाका लागि सो छलफल नै सबैभन्दा महत्त्वपूर्ण हुनेछ ।

नेइमार अनुबन्ध गर्ने दौडमा नेइमारको पूर्वक्लब बार्सिलोना पनि छ । अहिले नेइमारका लागि यी दुई क्लबबीच कडा प्रतिस्पर्धा देखिएको छ । तर, पिएसजी सामान्य मूल्यमा नेइमार छाड्ने पक्षमा देखिँदैन ।

प्रकाशित मिति August 23, 2019
Loading...