युनाइटेडमा अब पेनाल्टी पोग्बाले होइन, रासफोर्डले हान्ने !

एजेन्सी, भदौ ५
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा गत सिजनबाटै पेनाल्टी र फ्रि किक कसले हान्ने भन्नेमा अलमल हुँदै आएको थियो । तर, नयाँ सिजन सुरु भएसँगै प्रशिक्षक ओले गुनरले यसबारे निर्णय गरेका छन् ।

गुनरले अब युनाइटेडमा नियमित पेनाल्टी हान्ने अधिकार इंग्लिस खेलाडी मार्कुस रासफोर्डलाई दिएका छन् । उनले रासफोर्डलाई पेनाल्टी हान्न दिने निर्णय आफूले गरेको बताएका छन् ।

युनाइटेडमा यसअघि पेनाल्टी प्रायः फ्रेन्च खेलाडी पाउल पोगबाले हान्दै आएका थिए । तर, यसै समर सिजनमा सरुवा हुने चर्चामा रहेका उनीबाट पेनाल्टी अधिकार खोसेर गुनरले रासफोर्डलाई ‘पेनाल्टी टेकर’ बनाउने निर्णय गरेका हुन् ।

अब रासफोर्ड टोलीका लागि पहिलो रोजााइमा रहेर पेनाल्टी हान्नेछन् । उनको अनुपस्थितिमा पोग्बा दोस्रो पेनाल्टी टेकर बन्नेछन् । यसअघि सरुवा चर्चामा रहेका पोग्बा अब युनाइटेडमै रहने पक्काजस्तै भएको छ ।

प्रकाशित मिति August 22, 2019
Loading...