बार्सिलोनालाई राहत : मेस्सी पूर्ण प्रशिक्षणमा फर्किए

एजेन्सी, भदौ ५
स्पेनिस क्लब बार्सिलोनाका प्रमुख खेलाडी लिओनल मेस्सी पूर्ण प्रशिक्षणमा फर्किएका छन् । उनी बुधबारबाट सहकर्मीसँगै पूर्ण प्रशिक्षणमा सहभागी भएका छन् ।

मेस्सी तीन साताअघि घाइते भएका थिए । घाइते भएपछि उनले दुई मैत्रीपूर्णसहित तीन खेल गुमाएका थिए । अघिल्लो साताबाटै एक्लै प्रशिक्षण गर्दै आएका उनी अघिल्लो दिनबाट पूर्ण प्रशिक्षणमा फर्किएका हुन् ।

टोलीका अन्य खेलाडी लुइस स्वारेज र उसामान डेम्बेले पनि घाइते भएका बेला बार्सिलोनाको फरवार्ड लाइन संकटमा थियो । तर, अब मेस्सी फर्किएपछि बार्सिलोनाको ठूलो समस्या हल भएको छ ।

प्रशिक्षणमा फर्र्किएसँगै मेस्सीले आगामी सोमबार लिगको दोस्रो खेल खेल्ने पक्का भएको छ । सो खेल बार्सिलोनाले आफ्नो घरमा रियल बेटिससँग खेल्दैछ ।

यसअघि मेस्सीबनै खेलेको सिजनको पहिलो खेलमा बार्सिलोना अवे मैदानमा ०–१ ले पराजित भएको थियो ।

प्रकाशित मिति August 22, 2019
Loading...