बार्यन म्युनिखद्वारा कोउटिहो सार्वजनिक : पाए १० नम्बर जर्सी

एजेन्सी,भदौ २
जर्मन क्लब बार्यन म्युनिखले ब्राजिलियन खेलाडी फिलिपे कोउटिन्होलाई सार्वजनिक गरेको छ । स्पेनिस बार्सिलोनाबाट लोनमा अनुबन्ध गरेका मिडफिल्डरलाई बार्यनले आज औपचारिक रूपमा सार्वजनिक गरेको हो ।

डेढ गर्षअघि बार्सिलोनाले इंग्लिस क्लब लिभरपुलबाट अनुबन्ध गरेका कोउटन्होले क्याम्प नोउमा गत सिजन कमजोर प्रदर्शन गरेपछि बार्सिलोनाले उनलाई लोनमै भए पनि बाहिर पठाएको हो । दुई क्लबको समझौताअनुसार कोउटिन्हो एक सिजनका लागि बार्यन पुगेका हुन् ।

बार्यनले कोउटिन्होका लागि लोन फीबापत २० मिलियन युरो भुक्तानी गर्नेछ । कोउटिन्होले बार्यनमा पनि बार्सिलोनामा पाएकै सेवा–सुविधा पाउनेछन् । एक सिजन सकिएपछि बार्यनले चाहे स्थायी रूपमै कोउटिन्होलाई खरिद गर्न पाउनेछ ।

आज सार्वजनिक गर्दै बार्यनले कोउटिन्होलाई १० नम्बर जर्सी प्रदान गरेको छ । अब उनले बार्यनको रातो १० नम्बर जर्सीमा खेल्नेछन् । यसअघि बार्सिलोनामा रहँदा उनले ७ नम्बर जर्सी लगाउँथे ।

प्रकाशित मिति August 19, 2019
Loading...