ड्यानिलोले युभेन्टसमा पाए १३ नम्बर जर्सी

एजेन्सी, साउन २८
इटालियन क्लब युभेन्टसका नयाँ डिफेन्डर ड्यानिलोले क्लबमा १३ नम्बर जर्सी लगाउने भएका छन् । आज क्लबले उनलाई अफिसियल रूपमा सार्वजनिक गर्दै १३ नम्बर जर्सी थमाएको हो ।

यसअघि ड्यानिलोले इंग्लिस क्लब म्यानचेस्टर सिटीमा ३ नम्बर जर्सी लगाउँथे । युभेन्टसले २८ वर्षीय राइट ब्याकलाई खेलाडी साटफेर डिलमा भित्र्याएको हो । युभेन्टसले आफ्ना पोर्चुगिज राइट ब्याक जुआको कानेसेलोलाई दिएर ड्यानिलो भित्र्याएको थियो । सिटीले युभेन्टसलाई ३० मिलियन युरो रकम थपेको थियो ।

ड्यानिलोलाई युभेन्टसले आज घरेलु रंगशालामा आज सार्वजनिक गरेको हो । सार्वजनिक कार्यक्रममा बोल्दै ड्यानिलोले आफू नयाँ चुनौतीका लागि इटाली आएको बताए ।

‘म युरोपको एक उत्कृष्ट क्लबमा आउन पाउँदा खुसी छु । म यहाँ पनि टिमलाई सबथोक दिनेछु । यहाँबाट पनि धेरैभन्दा धेरै उपाधि जित्नु र टिमलाई सघाउनु मेरो लक्ष्य हुनेछ,’ ड्यानिालोले भने ।

प्रकाशित मिति August 13, 2019
Loading...