पिएसजीले नेइमारको १० नम्बर जर्सी बेच्न छाड्यो !

एजेन्सी, साउन २८
फ्रेन्च क्लब पिएसजीले यसै समरमा क्लब छाड्ने तयारीमा रहेका ब्राजिलियन स्टार नेइमारको सरुवा पक्का भएको पुष्टि गरेको छ । उसले क्लबको स्टोर रुमबाट नेइमारको १० नम्बर जर्सी बेच्न छाडेर यसको स्पष्ट प्रमाण पेश गरेको हो ।

पिएसजीले नयाँ सिजन सुरु भएसँगै क्लबको स्टोर रुमबाट खेलाडीका जर्सीलगायत सामग्री बेन्च सुरु गरेको छ । तर, उसले नेइमारको जर्सी बिक्रीमा राखेको छैन ।

क्लबले नेइमारको जर्सी बिक्रीमा नराख्नुले उनको सरुवा पक्काजस्तै भएको देखिन्छ । यसअअघि भने पिएसजीले नेइमारको जर्सी ठूलो संख्यामा छापेर बेच्ने गथ्र्यो । नेइमारको जर्सी नै क्लबको स्टोर रुमका लागि मुख्य आकर्षण बन्ने गथ्र्यो ।

तर, यसपटक भने नेइमारको साटो फ्रेन्च स्टार केलियन एमबाप्पेको जर्सी मुख्य केन्द्रमा छ । क्लबले एमबाप्पेको जर्सी सबैभन्दा बढी बिक्रीमा राखेको छ ।

फ्रेन्च मिडियाका अनुसार यतिबेला नेइमारको एक मात्रै तस्बिर नाइकको जुत्ता बेच्ने स्टलमा मात्रै छ । अघिल्लो दिन पिएसजीले आफ्नो घरमा लिगको पहिलो खेल नेमेजसँग खेल्दा पिएसजीका समर्थकले नेइमारविरुद्ध ‘तिमी क्लब छाडेर जाऊ’ भन्दै नाराबाजी गरेका थिए ।

पिएसजीले नेइमारबिनै नयाँ सिजनको थालनी गरेको छ । उसले पहिलो खेलमा ३–० को जितसमेत दर्ता गरिसकेको ।

प्रकाशित मिति August 13, 2019
Loading...