बार्सिलोना कोउटिन्होको बिदाइ नजिक : कहाँ जाँदैछन् ?

एजेन्सी, साउन २८
स्पेनिस क्लब बार्सिलोना आफ्ना ब्राजिलियन स्टार फिलिपे कोउटिन्होको बिदाइ नजिक पुगेको छ । बार्सिलोनाले २७ वर्षीय मिडफिल्डरलाई जर्मन क्लब बार्यन म्युनिखमा लोनमा पठाउन लागेको रिपोर्ट बाहिरिएको छ ।

दुई क्लबबीच लोनमा खेलाडी लिने–दिने गरी सहमत भएको बताइएको छ । ‘गोल’मा प्रकाशित रिपोर्टअनुसार कोउटिन्हो पनि लोनमा बुन्डेसलिगा च्याम्पियन क्लबमा जान राजी भएका छन् ।

दुई क्लबबीच भएको सहमतिअनुसार बार्यनले कोउटिन्हो भित्र्याएबापत पहिलो सिजनका लागि ११ मिलियन युरो बार्सिलोनालाई दिनेछ । यो लोन फी मात्रै हो ।

दुई क्लबको सहमतिअनुसार यदि बार्यन इच्छुक भए लोन अवधि सकिएपछि उसले कोउटिन्होलाई स्थायी रूपमै खरिद गर्ने समेत पाउनेछ ।

यदि दुई क्लबले औपचारिक रूपम खेलाडी किनबेचको घोषणा गरे कोउटिन्हो बार्यनबाट सर्वाधिक धेरै कमाइ गर्ने चौथो खेलाडी बन्नेछन् । हाल बार्यनमा गोलकिपर म्यानुएल निउर, फरवार्ड थोमस मुलर र रोवर्ट लेवान्डोस्की सबैभन्दा बढी तलब खाने खेलाडी हुन् ।

प्रकाशित मिति August 13, 2019
Loading...