‘अवश्य पनि, मेस्सी रोनाल्डोभन्दा माथि छन्’

एजेन्सी, साउन २८
रोमानियाका सर्वकालीन महान् खेलाडी जियोर्घी ह्यागीले स्पेनिस बार्सिलोनाका लिओनल मेस्सी र इटालियन युभेन्टसका क्रिस्टियानो रोनाल्डोमध्ये को उत्कृष्ट भन्नेमा धारणा राखेका छन् । हाल ५४ वर्ष पुगेका उनले यी दुई सुपरस्टारमा मेस्सीलाई पहिलो रोजाइमा राखेका छन् ।

विगतमा बार्सिलोना र रियल मड्रिड दुवै क्लबबाट खेलेका यी मिडफिल्डरलाई लाग्छ कि– मेस्सी रोनाल्डोभन्दा माथिल्लो स्तरका खेलाडी हुन् । उनलाई यो पनि लाग्छ कि– उपलब्धिका हिसाबले भने रोनाल्डो मेस्सीभन्दा निकै माथि छन् ।

‘म कुनै बेला रोनाल्डोको कोच बन्न चाहन्थें । म यो स्वीकार गर्छु– म मेस्सीलाई नै रोज्छु । किनभने, मसँग उनका लागि लेफ्ट फुटेड हुनुको कमजोरी छ । अवश्य पनि, मेस्सी रोनाल्डोभन्दा माथि छन् ।’

ह्यागीले अघि थपे, ‘म आफैं पनि लेफ्ट फुटेड खेलाडी थिएँ, मेस्सीजस्तै । त्यसैले म अन्यलाई रोज्न सक्दिनँ । यो मेरो तरिका हो ।’

ह्यागीले खेल शैलीका हिसाबले मेस्सी रोनाल्डोभन्दा उत्कृष्ट भए पनि उपलब्धिका हिसाबले रोनाल्डो मेस्सीभन्दा माथि रहेको बताए । ‘तर, जति नै इन्कार गरे पनि सत्य यो हो कि– उपलब्धि र सफलताका हिसाबले रोनाल्डो मेस्सीभन्दा निकै माथि छन् । यो नतिजाले साबित गरिसकेको छ ।’

प्रकाशित मिति २८ श्रावण २०७६, मंगलवार ०३:२१
Loading...