ला लिगामा ‘नयाँ स्टार’को उदय !

काठमाडौं, साउन २७
स्पेनिस क्लब एथ्लेटिको मड्रिडले दुई साताअघि १९ वर्षीय जुआओ फेलिक्सलाई १२६ मिलियन युरोमा भित्र्याउँदा कतिलाई लागेको थियो– उनले यति धेरै मूल्यको ओज राख्न सक्दैनन् ।

तर, फेलिक्सले एथ्लेटिकोको जर्सी लगाएपछि धेरैलाई अचम्ममा पार्नेगरी प्रदर्शन गरिरहेका छन् । स्पेन आएपछि क्लबका लागि प्रि–सिजनअन्तर्गत ५ खेल खेल्दै उनले स्पेनमा मात्रै नभएर युरोपियन फुटबलमै एक स्टारको उदय हुँदै गरेको संकेत दिइसकेका छन् ।

एथ्लेटिकोले पोर्चुगिज युवा स्टार फेलिक्सलाई पोर्चुगलको क्लब बेनफिकाबाट अनुबन्ध गरेको थियो । एथलेटिकोले बेनफिकाले फेलिक्सका लागि तोकेको रिलिज क्लज तिरेर अनुबन्ध गरेको थियो ।

फेलिक्सले एथ्लेटिकोको जर्सी लगाइकन जम्मा ५ खेलेका छन् । त्यसक्रममा उनले उत्कृष्ट प्रदर्शन गर्दै ४ गोल गरिसकेका छन् भने ३ गोलका लागि असिस्ट गरेका छन् । प्रि–सिजनमा उनी क्लबका लागि ७ गोलमा सोझै सहभागी भइसकेका छन् ।

प्रकाशित मिति August 12, 2019
Loading...