बार्सिलोनालाई थपियो अर्को चोट

एजेन्सी, साउन २७
स्पेनिस क्लब बार्सिलोनामा अर्का खेलाडी चोटग्रस्त भएका छन् । कप्तान लिओनल मेस्सी घाइते भएका बेला दास्रो रोजाइका गोलकिपर नेटो पनि घाइते भएका छन् । नेटो प्रशिक्षणक्रममा घाइते भएको क्लब बार्सिलोनाले पुष्टि गरेको छ ।

बार्सिलोनाले नेटोलाई हालसालै लिग प्रतिस्पर्धी क्लब भ्यालेन्सियाबाट अनुबन्ध गरेको थियो । प्रशिक्षणक्रममा नेटोको नाडी भाँचिएको क्लबले जनाएको छ ।

सामान्यतः यस्तो केसमा खेलाडीलाई ठीक हुन ६ सातादेखि दुई महिनासम्म लाग्न सक्छ । क्लबले उनी पूर्ण रूपमा फिट नहुँदासम्म टोलीबाहिर रहने जनाएको छ ।

बार्सिलोना अबको ४ दिनपछि ला लिगामा सिजनको पहिलो खेल खेल्दैछ । नेटो घाइते भएपछि अब बार्सिलोनाको गोलपोस्ट सम्हाल्ने पूर्ण जिम्मा पहिलो रोजाइका गोलरक्षक मार्क आन्द्रे टर स्टेगेनेमाथि रहेको छ ।

प्रकाशित मिति August 12, 2019
Loading...