सर्वाधिक ‘मार्केट भ्यालु’ भएका अर्जेन्टिनाका खेलाडी : कसको स्थान कहाँ ?

एजेन्सी, साउन २७
अर्जेन्टिनाबाट सर्वाधिक मार्केट भ्यालु भएका फुटबलरको सूची सार्वजनिक भएको छ । चर्चित संस्था ‘ट्रान्सफर मार्केट’ ले यतिबेला उच्च बजार मूल्यांकन भएका खेलाडीको सूची तयार पारेको हो ।

जसमा सबैभन्दा पहिलो नम्बरमा स्पेनिस बार्सिलोनाका कप्तानसमेत रहेका लिओनल मेस्सी छन् । अर्जेन्टिनी टोलीका समेत कपतान रहेका मेस्सीको कूल भ्यालु १५० मिलियन युरो छ ।

मेस्सीपछि दोस्रो नम्बरमा पाउलो डिबाला छन् । इटालियन युभेन्टसबाट खेल्ने उनको हालको बजार मूल्यांकन ८५ मिलियन युरो छ । तेस्रो नम्बरमा माउरो इकार्डी छन् । उनको मूल्यांक ८० मिलियन युरो छ । इकार्डी इटालियन इन्टर मिलान छाडेर अन्य क्लबमा जाने तयारीमा छन् ।

चौथो नम्बरमा इंग्लिस क्लब म्यानचेस्टर सिटीबाट खेल्ने सर्जियो अगुएरो छन् । उनको हालको बजार मूल्यांकन ६५ मिलियन रहेको छ । पाँचौंमा जिओभानी सेल्सो रहेका छन् । उनको बजार मूल्यांकन ५० मिलिन युरो छ ।

प्रकाशित मिति August 12, 2019
Loading...