नेइमार फर्काउन बार्सिलोनाको नयाँ प्रस्ताव : बल पिएसजीको पोस्टमा !

एजेन्सी, साउन २७
स्पेनिस बार्सिलोनाले आफ्ना पूर्वस्टार ब्राजिलियन नेइमारलाई पुनः क्याम्प नोउ फर्काउने प्रयासलाई कायमै राखेको छ । ‘मार्सा’मा प्रकाशित रिपोर्टअनुसार बार्सिलोनाले नेइमार फर्काउन पिएसजीसँग नयाँ प्रस्ताव पठाएको छ । उसले अनौपचारिक रूपमा प्रस्ताव गरेको उल्लेख छ ।

२७ वर्षीय नेइमार भित्र्याउन स्पेनकै रियल मड्रिड पनि लागेको छ । तर, बार्सिलोना नेइमारलाई सके आफैंले भित्र्याउने नसके रियल पनि जान नदिने दाउमा देखिन्छ ।

रिपोर्टअनुसार बार्सिलोनाले पिएसजीलाई आफ्ना ब्राजिलियन मिडफिल्डर फिलिपे कोउटिन्हो दिने र निश्चित रकम थप्ने गरी प्रस्ताव पठाएको छ । बार्सिलोना अहिले पनि कोउटिन्होलाई यसै समरमा बेच्ने योजनामा छ ।

बार्सिलोनाले कोउटिन्हो दिएर थप रकम माग गर्ने जिम्मा भने पिएसजीलाई नै दिएको र पिएसजीले माग गर्ने रकमअनुसार बाँकी कुरा अघि बढाउने बार्सिलोनाको तयारी ।

बार्सिलोना नेइमारका लागि कोउटिन्हो दिएर उनको मूल्यांकनसहित कूल २५० मिलियन खर्चिन तयार देखिन्छ । कोउटिन्होलाई बार्सिलोनाले डेढ वर्षअघि १६० मिलियन युरोमा इंग्लिस क्लब लिभरपुलबाट अनुबन्ध गरेको थियो ।

प्रकाशित मिति August 12, 2019
Loading...