पोर्चुगलको ‘सर्वाधिक मूल्यवान्’ खेलाडीमा रोनाल्डोलाई उछिने सिल्भाले

एजेन्सी, साउन २७
इंग्लिस क्लब म्यानचेस्टर सिटीका स्टार मिडफिल्डर बर्नान्डो सिल्भा पोर्चुगलको सर्वाधिक मूल्यवान् फुटबलर बनेका छन् । चर्चित संस्था ‘ट्रान्सफर मार्केट’ ले सार्वजनिक गरेको नयाँ सूचीअनुसार उनी क्रिस्टियानो रोनाल्डोभन्दा पनि बढी मार्केट भ्यालु भएका खेलाडी बनेका हुन् ।

हालको अवस्थामा २५ वर्षीय सिलभाको कूल मार्केट भ्यालु १०० मिलियन युरो छ भने रोनाल्डोको हालको मार्केट भ्यालु मात्रै ९० मिलियन युरो छ । इटालियन युभेन्टसबाट खेल्ने ३४ वर्षीय रानाल्डो राष्ट्रिय टिमका समेतकप्तान हुन् ।

त्यस्तै, तेस्रो नम्बरमा यसै सिजन एथ्लेटिको मड्रिडमा अनुबन्ध भएको जुआओ फेलिक्स रहेका छन् । उनको मार्केट भ्यालु ७० मिलियन युरो छ । फेलिक्सलाई एथ्लेटिकोले पोर्चुगिज क्लब बेनफिकाबाट १२६ मिलियन युरोमा भित्र्याएको हो ।

चौथो नबरमा हालै इटालियन युभेन्टसबाट इंग्लिस क्लब म्यानचेस्टर सिटीमा अनुबन्ध भएका राइट ब्याक जोआओ कानसेलो छन् । उनको हालको मार्केट भ्यालु ५५ मिलियन युरो छ ।

प्रकाशित मिति August 12, 2019
Loading...