रोनाल्डो र मेस्सी को उत्कृष्ट भन्नेमा लिंकरको यस्तो टिप्पणी

एजेन्सी, साउन २७
लिजेन्ड इंग्लिस खेलाडी ग्यारी लिंकरले पोर्चुगिज क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनी लिओनल मेस्सी को उत्कृष्ट भन्नेमा धारणा राखेका छन् । हालै एक अन्तर्वार्तामा बोल्दै उनले स्पेनिस बार्सिलोनाका मेस्सी र इटालियन युभेन्टसका रोनाल्डोबारे धारणा राखेका हुन् ।

बार्सिलोनाका पूर्वखेलाडीसमेत रहेका लिंकले रोनाल्डो र मेस्सी दुवै उत्कृष्ट खेलाडी भएको बताउँदै उनीहरूलाई माया गर्नेुपर्ने वा सम्मान गर्नुपर्ने कारण रहेको बताए । उनले दुवैसँग फरक–फरक क्षमता भएको बताएका छन् ।

‘म उनीहरू दुवैलाई माया गर्छु । जब म रोनाल्डोको खेल र गोल हेर्छु, लोभिन्छु । जब मेस्सीको खेल र गोल हेर्छु, बडा आनन्द लिन्छु । उनीहरू दुवै अद्भुत छन् । उनीहरू दुवैलाई म माया गर्छु,’ लिंकले भने ।

लिंकरले रोनाल्डोजस्तो उत्कृष्ट फिनिसर र हेडिङ गोल गर्ने आफूले कहिल्यै नदेखेको बताए । रोनाल्डो साँच्चै पूर्ण छन् । उनी जति शक्तिशाली सर्ट हान्न सक्छन्, उति नै सुन्दर हेडिङ गर्न सक्छन् । उनीजस्तो उत्कृष्ट हेडिङ गर्ने त मैले आजसम्म देखेको छैन,’ लिंकरले भने, ‘जतिबेला उनले युनाइटेडमा छँदा लामो–लामो दूरीबाट नपत्याउने फ्रि किक गोल हन्थे, म अहिले पनि हाइलाइट्स हेर्छु । उनका कतिपय गोल फुटबलमा फेरि नदेखिएलान् जस्तो लाग्छ । उनी दुवै खुट्टाले बराबरी गोल गर्न सक्छन् । यस्तो सबैले सक्दैनन् ।’

तर, लिंकरले केही खेल शैलीका हिसाबले मेस्सीसँग विशिष्ट गुण रहेको बताए । ‘मेस्सी एक उत्कृष्ट गोलकर्ता हुन् । उनी रोनाल्डोजत्ति पूर्ण गोलकर्ता हैनन् । तर, शैलीका हिसाबले रोनाल्डोभन्दा म उनलाई बढी उत्कृष्ट मान्छु । उनी साँच्चै राम्रा ड्रिबलर हुन् । शानदार । यही कारण म मेस्सीको फ्यान हुँ ।’

लिंकरले अघि थपे, ‘जब म रोनाल्डोको खेल हेर्छु, म उनको प्रशंसा गर्छु । जब म मेस्सीको खेल हेर्छु, म आनन्द लिन्छु । फरक यही हो ।’

प्रकाशित मिति August 12, 2019
Loading...