लिग वानमा पिएसजीको शानदार जित : पहिलो खेलमै एमबाप्पेको गोल

काठमाडौं, साउन २७
साबिक लिग विजेता पिएसजीले फ्रेन्च लिग वानमा शानदार सुरुआत गरेको छ । नयाँ सिजनको पहिलो खेलमा पिएसजीले पाहुना टोली निमेजमाथि ३–० को जित निकालेको हो ।

गत राति पिएसजीको घरेलु मैदानमा भएको खेलमा पिएसजीलाई खेलको २४औं मिनेटमा इडिसन काभानीले गोल गर्दै अग्रता दिलाएका थिए । उनले पेनाल्टीबाट गोल गरेका थिए ।

त्यसपछि खेलको ५६औं मिनेटमा केलियन एमबाप्पले गोल गरे । उनले बर्नाटको असिस्टमा गोल गरेका थिए । त्यसपछि खेलको ६९औं मिनेटमा एन्जल डि मारियाले पिएसजीका लागि तेस्रो गोल गरे । उनले एमबाप्पेको पासमा गोल गरेका थिए ।

त्यसपछि बाँकी समयमा दुवै पक्षबाट थप गोल नभएपछि खेल पिएसजीले ३–० ले जित्यो । सिजनको पहिलो खेलमा पिएसजका टोलीका स्टार फरवार्ड नेइमारलाई टोलीमा राखिएको थिएन । सरुवा हुने चर्चामा रहेकाले उनीलाई नखेलाइएको हो ।

यो जितपछि पिएसजीले पहिलो खेलबाट ३ अंक बटुलेर लिगको दोस्रो स्थानमा छ । शीर्ष स्थानमा लियोन रहेको छ ।

प्रकाशित मिति August 12, 2019
Loading...