प्रिमियर लिगमा आज युनाइटेड र चेल्सीको भिडन्त हुँदै

काठमाडौं, साउन २६
इंग्लिस प्रिमियर लिग फुटबलमा आज दुई बलिया टोली म्यानचेस्टर युनाइटेड र चेल्सीले सिजनको पहिलो खेल खेल्दैछन् । सिजनको पहिलो खेलमा दुई बलिया टोलीको भिडन्त हुन लागेका ।

यो खेल युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा नेपाली समयअनुसार आज राति ९ः१५ बजेबाट सुरु हुनेछ । आज यी दुवै टिम एकअर्कालाई हराएर नयाँ सिजनको सुरुआत सुखद् तरिकाले गर्ने दाउमा छन् ।

युनाइटेड हाल आफ्ना अधिकांश पहिलो रोजाएका खेलाडीको साथमा छ । तर, चेल्सी भने आफ्ना प्रमुख खेलाडी इडेन हाजार्डले क्लब छाडेपछि पहिलोपटक औपचारिक प्रतियोगिता खेल्दैछ ।

प्रकाशित मिति August 11, 2019
Loading...