आज राति बार्सिलोना र नापोलीको रोमाञ्चक भिडन्त हुँदै : कसले मार्ला बाजी ?

काठमाडौं, साउन २५
स्पेनिस क्लब बार्सिलोनाले प्रि–सिजनअन्तर्गत आज राति अन्तिम खेल खल्दैछ । हाल अमेरिका टुरमा रहेको बार्सिलोनाले इटालियन क्लब नापोलीसँग लगातार दोस्रो खेल खेल्न लागेको हो । बार्सिलोनाले यो खेलपछि नयाँ सिजनको सुरुआत गर्नेछ ।

यी दुवै खेल अमेरिकामा हुने भएका हुन् यसअघि भएको पहिलो खेल बार्सिलोनाले २–१ ले जितेको थियो । त्यसको ३ दिनपछि उसले आज दोस्रो खेल पनि नापोलीसँगै खेल्न लागेको हो ।

अमेरिकाको मिचिगान स्टेडियमा हुने खेल नेपाली समयअनुसार आज (आइतबार बिहान) राति २ः४५ बजेबाट सुरु हुनेछ ।

यसअघिको खेल जितेको बार्सिलोना यो खेल पनि जितेर नयाँ सिजन सुरुआत गर्ने दाउमा छ । यता, नापोली भने बार्सिलोनालाई प्रि–सिजनको अन्तिम खेलमा हराएर इटाली फर्किने दाउमा छ ।

प्रकाशित मिति August 10, 2019
Loading...