प्रिमियर लिगमा आज म्यानचेस्टर सिटी र टोटनह्यामको खेल हुँदै

काठमाडौं, साउन २५
गत रातिबाट सुरु भएको सिजन २०१९–२० को इंग्लिस प्रिमियर लिग फुटबलमा आज ६ खेल हुँदैछन् । जसमा जसमा साबिक विजेता म्यानचेस्टर सिटी र टोटनह्यामले आ–आफ्नो खेल खेल्दैछन् । आजको पहिलो खेलमा सिटी र वेस्ट ह्याम आमनेसामने हुँदैछन् ।

सिजनको पहिलो खेल खेल्न सिटी वेस्ट ह्यामको घरेलु मैदानमा उत्रिँदैछ । यो खेल नेपाली समयअनुसार साँझ ५ः१५ बजेट सुरु हुनेछ । खेल लन्डन स्टेडियममा हुँदैछ ।

साबिक विजेता सिटी आज पहिलो खेल खेल्न अवे मैदानमा उत्रिँदा स्पष्ट जित निकालेर लिगमा सुखद् सुरुआत गर्न चाहन्छ । गत राति भएको आफ्नो खेलमा साबिक उपविजेता लिभरपुलले नर्विच सिटीलाई हराएर ३ अंक जोडिसकेकाले सिटीमाथि लिगको पहिलो खेलबाटै दबाब सुरु भएको छ ।

गत सिजन सिटीले अन्तिम खेल जितेर लिभरपुललाई मात्रै १ अंकले पछि पारेर उपाधि जितेको थियो । सिटी यसपालि पनि लगातार लिग जित्ने दौडमा छ भने लिभरपुल यसपटक सिटीसँग बदला लिने दाउमा छ ।

आज हुने अर्को महत्त्वपूर्ण खेलमा टोटनह्याम र यसै सिजन शीर्ष डिभिजनमा उक्लिएको एस्टन भिल्ला भ्दिैछन् । टोनटह्यामको घरम हुने यो खेल नेपाली समयअनुसार राति १०ः१५ बजेबाट सुरु हुनेछ ।

प्रकाशित मिति August 10, 2019
Loading...