गोलकिपर एलिसनले सुपर कपको फाइनल खेल गुमाउने पक्का

एजेन्सी, साउन २५
इंग्लिस क्लब लिभरपुलका पहिलो रोजाइका गोलकिपर एलिसन बेकरले युइएफए सुपर कपको फाइनल खेल गुमाउने भएका छन् । ब्राजिलियन गोलकिपर गत राति प्रिमियर लिगको नयाँ सिजनको पहिलो खेलमै घाइते भएका हुन् ।

आफ्नो घर एनफिल्डमा भएको सिजनको उद्घाटन खेल दौरान एलिसन ३६औं मिनेटमा घाइते भएका थिए । आफ्नो पोस्ट एसियामा भुइँमा राखेको बल हान्नेक्रममा उनी सन्तुलन गुम्न गई बजारिएका थिए ।

खेलपछि लिभरपुलका प्रशिक्षक जोर्गेन क्लबले एलिसन चोटग्रस्त भएको बताउँदै उनले यसै साता हुने युइएफए सुपर कपको फाइनल खेल गुमाउने पुष्टि गरे ।

सुपर कपको उपाधि भिडत ५ दिनपछि चेल्सीसँग हुँदैछ । यो प्रतियोगिता गत सिजनको युरोपियन च्याम्पियन्स लिग र युरोपा लिगको विजेता टिमले खेल्छन् ।

काल्फ इन्जुरीबाट पीडित बनेका एलिसन कम्तीमा दुई साता मैदानबाहिर रहन सक्ने प्रशिक्षक क्लोपले बताएका छन् ।

प्रकाशित मिति August 10, 2019
Loading...