यु–१५ महिला साफ च्याम्पियनसिपमा पहिलो खेलमै नेपाल र भारत भिड्ने

काठमाडौं, साउन २४
साफ यु–१५ उमेर समूहको महिला च्याम्पियनसिप फुटबलमा नेपालले आफ्नो पहिलो खेल नै खास प्रतिद्वन्द्वी भारतसँग खेल्न भएको छ । साउथ एसियन फुटबल महासंघ (साफ) ले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार प्रतियोगिताको उद्घाटन खेलमै नेपाल र भारत भिड्ने भएका हुन् ।

साफ प्रतियोगिता यसपटक भुटानको थिम्पुमा अक्टोबर ९ तारिखदेखि १५ तारिखसम्म हुँदैछ । प्रतियोगितामा मात्रै चार देशले भाग लिनेछन् । नेपाल र भारतको पहिलो खेल अक्टोबर ९ तारिखमा हुनेछ ।

त्यसपछि नेपालले दोस्रो खेल अगस्ट ११ मा बंगलादेशसँग ११ तारिखमा खेल्ने तालिका छ । त्यसपछि अन्तिम खेल नेपालले घरेलु टोली भुटानसँग अगस्ट १३ मा हुनेछ । राउन्ड रोविनको आधारमा हुने खेलको शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउनेछन् । फाइनल खेल भने अगस्ट १५ मा हुनेछ ।

प्रकाशित मिति August 9, 2019
Loading...