युइएफएद्वारा ‘पोजिसनल अवार्ड’ को मनोनयन सार्वजनिक : को–को परे ?

एजेन्सी, साउन २३
युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएले सिजन २०१८–१९ अन्तर्गत ‘पोजिसनल अवार्ड’को मनोनयन सार्वजनिक गरेको छ । युइएफएले आज साँझ अफिसियल वेबसाइटमार्फत् गत सिजनका लागि सो मनोनयन सार्वजनिक गरेको हो ।

‘पोजिसनल अवार्ड’ गएको सिजनभरिमा गरेको प्रदर्शनका आधारमा हरेक पोजिसनका उत्कृष्ट खेलाडीलाई दिइने अवार्ड हो । जसमा हरेक पोजिसनबाट ३–३ जना खेलाडी गरी कूल १२ जना मनोनयमा परेका छन् ।

मनोनयनमा फरवार्ड पोजिसनतर्फ स्पेनिस बार्सिलोनाका लिओनल मेस्सी, इटालियन युभेन्टसका क्रिस्टियानो रोनाल्डो, डिफेन्डतर्फ लिभरपुलका भर्जिल भान डाइक तथा मिडफिल्डतर्फ आयाक्सका पूर्वखेलाडी फ्रेन्की डे जोङलगायत परेका छन् ।

मनोनयनमा परेका १२ जनाबाट हरेक पोजिसनबाट एक उत्कृष्ट खलाडी घोषणा गरिनेछ । यसको अन्तिम घोषणा नयाँ सिजनको ड्र सार्वजनिक हुने दिन अगस्ट २९ का दिन हुनेछ ।

हेरौ मनोनयन सूची :

गोलकिपरतर्फ : एलिसन बेकर (लिभरपुल), ह्युगो लोरिस (टोटनह्याम), मार्क आन्द्रे टर स्टेगेन (बार्सिलोना)

डिफेन्डरतर्फ : भर्जिल भान डाइक (लिभरपुल), माथिस डि लिग्ट (आयाक्स–युभेन्टस), ट्रेन्ट अर्नोल्ड (लिभरपुल)

मिडफिल्डरतर्फ : क्रिस्टियन एरिक्सन (टोटनह्याम), फ्रेन्की डे जोङ (आयाक्स–बार्सिलोना), जोर्डन हेन्डर्सन (लिभरपुल

फरवार्डतर्फ : लिओनल मेस्सी (बार्सिलोना), क्रिस्टियानो रोनाल्डो (युभेन्टस, साडियो माने (लिभरपुल)

प्रकाशित मिति August 8, 2019
Loading...