रोनाल्डो अन्तर्राष्ट्रिय करिअरमा ‘नयाँ कीर्तिमान’ नजिक

एजेन्सी, साउन २३
पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो अन्तर्राष्ट्रिय करिअरको नयाँ कोसेढुंगा नजिक पुगेका छन् । हाल इटालियन युभेन्टसबाट खेलिरहेका ३४ वर्षीय उनले निकट भविष्यमै अन्तर्राष्ट्रिय गोलमा शतक पूरा गर्दैछन् ।

रोनाल्डोले हालसम्म पोर्चुगलका लागि सिनियर टोलीबाट कूल ८८ गोल गरिसकेका छन् । उनी अब १०० गोलको आँकडाबाट मात्रै १२ गोलले टाढा छन् ।

रोनाल्डो समकालीन फुटबलमा सक्रिय खेलाडीमध्ये सबैभन्दा बढी अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी हुन् । खेलिरहका खेलाडीमध्ये धेरै गोल गर्नेमा उनी ८८ गोलसहित पहिलो नम्बरमा छन् । उनीपछि दोस्रो नम्बरमा भारतीय कप्तान सुनील क्षेत्री छन् । उनले अन्तर्राष्ट्रिय करिअरमा कूल ७१ गो गरिसकेका छन् ।

रोनाल्डोले अन्तर्राष्ट्रिय करिअरमा हालसम्म दुई उपाधि जितेका छन् । उनले सन् २०१६ मा युरो कप तथा यसै वर्ष युइएफए नेन्स लिगको उपाधि जितेका छन् ।

प्रकाशित मिति २३ श्रावण २०७६, बिहीबार ०५:२६
Loading...