इन्टर मिलानले टोटनह्यामलाई उसकै घरमा हरायो

काठमाडौं, साउन १९
प्रि–सिजनका रूपमा चलिरहेको इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा इटालियन क्लब इन्टर मिलानले इंग्लिस क्लब टोटनह्यामलाई हराएको छ । नेपाली समयअनुसार आइतबार राति भएको खेलमा मिलानले टोेटनह्यामलाई पेनाल्टीमा ३–४ ले निराश बनायो ।

टोटनह्यामको नयाँ घरेलु रंगशालामा भएको खेलमा अग्रता भने घरेलु टोलीले लिएको थियो । उसका लागि खेल सुरु भएको तेस्रो मिनेटमै लुकास मोउराले गोल गरेका थिए ।

तर, खेलको ३६औं मिनेटमा मिलान खेलमा फर्कियो । उसका लागि स्टेफानो सेन्सीले गोल गर्दै खेल १–१ बनाए । त्यसपछि निर्धारित ९० मिनेटमा दुवै पक्षबाट थप गोल नभएपछि खेल पेनाल्टीमा पुग्यो । जहाँ मिलान भाग्यमानी बन्यो ।

सुरुआती पेनाल्टीमा दुवै टिमका खेलाडी चुके । टोटनह्याका लागि क्रिस्टिएन एरिक्सन र मिलानका जोर्गे पुस्कासले पेनाल्टी खेर फाले । त्यसपछि लगातार ३ पेनाल्टीमा दुवै टिमका खेलाडीले गोल गरे ।

जहाँ टोटनह्याका लागि सन हेङ मिन, जार्गेस केभिन र टोबेले गोल गरे भने मिलानका लागि आन्डे«ेय रानोचिया, फेडरिक डिमार्को र माटेओ पोलिटानो गोल गरे ।

तर, पाँचौं पेनाल्टीमा टोटनह्यामका ओलिभर स्किपले पेनाल्टी चुकाए भने मिलानका लागि जोआ मारियोयो गोल गर्दै मिलानलाई ५–४ को जित दिलाए ।

प्रकाशित मिति १९ श्रावण २०७६, आईतवार १७:५४
Loading...