बार्यनमाथि सहज जितसहित डर्टमुन्डले जित्यो सुपर कपको उपाधि

काठमाडौं, साउन १९
गत सिजनको बुन्डेसलिगा च्याम्पियन बार्यन म्युनिखलाई स्तब्ध बनाउँदै बोरुसिया डर्टमुन्डले सन् २०१९ को जर्मन सुपर कपको उपाधि जितेको छ । गत राति भएको फाइनल खेलमा बार्यन डर्टमुन्डसँग २–० ले स्तब्ध बन्यो ।

डर्टमुन्डलाई उपाधि जिताउन खेलको ४८औं मिनेटमा पाको अल्कासेरले पहिलो गोल गरेका थिए । उनकै गोलको मदतमा पहिलो हाफमा बार्यनविरुद्ध डर्टमुन्ड १–० ले अघि रह्यो ।

त्यसपछि दोस्रो हाफमा खेलमा फर्किन संघर्षरत बार्यन त्यत्तिबेला स्तब्ध बन्यो, जतिबेला डर्टमुन्डले दोस्रो गोल हान्यो । खेलको ६९औं मिनेटमा डर्टमुन्डका लागि जोर्डन सान्चोले गोल गरेपछि खेलमा डर्टमुन्डले २–० को अग्रता लियो ।

त्यसपछि बार्यन खेलाम फर्किन सकेन । र, खेल डर्टमुन्डले २–० ले जित्यो । दोस्रो हाफमा बार्यनका थुप्रै गोलका प्रयास असफल हुँदा उसले उपाधि डर्टमुन्डलाई सुम्पिन बाध्य भयो ।

प्रकाशित मिति August 4, 2019
Loading...