स्टेफानी जो बन्दैछिन् पुरुषको युरोपियन प्रतियोगिता खेलाउने पहिलो महिला रेफ्री !

एजेन्सी, साउन १८
महिला रेफ्री स्टेफानी फ्रापपर्ट युइएफएअन्तर्गत माथिल्लो स्तरको पुरुषको खेल खेलाउने पहिलो महिला रेफ्री बन्ने पक्का भएको छ । फ्रान्सकी उनले यस वर्ष युइएफए सुपर कपको फाइनल खेल खेलाउने जिम्मेवारी पाएकी छन् ।

हालै मात्र युइएफएले अफिसियल रूपमा निर्णय गर्दै पहिलोपटक युरोपियन प्रतियोगितामा पुरुषको ठूलो खेल खेलाउने जिम्मा फ्रापपर्टलाई सुम्पिएको हो । अब उनी कुनै पनि युरोपियन प्रतियोगतामा पुरुषका ठूला खेल खेलाउने पहिलो महिला रेफ्री पनि बनेकी छन् ।

यसपटक युइएफए सुपर कपमा इंग्लिस क्लब लिभरपुल र चेल्सी खेल्दैछन् । लिभरपुल युरोपियन च्याम्पियन्स लिग र चेल्सी युरोपा लिगको विजेताको हैसियतमा यो प्रतियोगिताको उपाधिका लागि खेल्नेछन् । खेल अगस्ट १४ मा हुनेछ ।

पहिलोपटक युरोपिपन प्रतियोगिता खेलाउन लागेकी ३५ वर्षीय फ्रापपर्टले गत महिना भएको महिला विश्वकप फुटबलमा अमेरिका र नेदरल्यान्ड्सबीचको फाइनल खेल खेलाएकी थिइन् ।

प्रकाशित मिति १८ श्रावण २०७६, शनिबार १३:५७
Loading...