एजेन्सी, साउन १८
फिफा महिला विश्वकप खेल्ने देशको संख्या बढाइएको छ । अब कूल ३२ राष्ट्रले सहभागिता प्रतियोगितामा सहभागिता जनाउने पाउनेछन् । पछिल्लो दुई संस्करणमा २४ राष्ट्रले सहभागिता जनाउँदै आएकोमा अब ३२ राष्ट्रले खेल्ने भएका हुन् ।
सन् १९९१ मा पहिलो संस्करणको विश्वकप हुँदा त्यसबेला मात्रै १२ देशले भाग लिएका थिए । हालको अवस्थालाई ख्याल गर्दै फिफाको परिषद्ले ब विश्वकप खेल्ने देशको संख्या बढाउने निर्णय गरेको हो ।
यो निर्णय सन् २०२३ को विश्वकपबाटै लागू हुनेछ । सो वर्षबाटै ३२ राष्ट्रले महिला विश्वकपमा सहभागिता जनाउनेछन् । पुरुष फुटबल विश्वकपमा भने सन् १९९८ बाट ३२ राष्ट्रले सहभागिता जनाउँदै आएका छन् ।
सन् २०२३ मा हुने विश्वकपका लागि ९ देशले प्रतियोगिता आयोजना गर्न माग गरेका छन् । जसमा अर्जेन्टिना, अस्ट्रेलिया, ब्राजिल, बोलिभिया, कोलम्बिया, जापान, न्युल्यिान्ड, दक्षिण अफ्रिका र दक्षिण कोरिया रहेका छन् ।
गत महिना फ्रानसमा भएको विश्वकपमा अमेरिकाले नेदरल्यान्डस्लाई २–० ले हराए उपाधि जितेको थियो ।
प्रकाशित मिति १८ श्रावण २०७६, शनिबार ०३:५३