सानेका लागि सिटीले ‘कीर्तिमानी रकम’ माग्ने

एजेन्सी, साउन १७
इंग्लिस क्लब म्यानचेस्टर सिटीले आफ्ना स्टार खेलाडी लिरोए सानेका लागि निकै मोटो बजेट माग गर्ने भएको छ । जर्मनीका २३ वर्षीय युवा खेलाडीलाई जर्मन क्लब बार्यन म्युनिखले अनुबन्ध गर्न विशेष जोड दिइरहेको छ ।

जर्मन मिडियाका अनुसार बार्यन प्रिमियर लिगका युवा स्टार खेलाडी भित्र्याउन लागिपरेको छ । पछिल्ला २४ घन्टामा सानेले बार्यन जान सहमत भएको भन्ने रिपोर्ट बाहिरिए पनि बार्यनले भने हालसम्म क्लब सिटी र खेलाडीसँग कुनै पनि सहमति नबनेको अफिसियल रूपमै बताएको छ ।

तर, सिटीले क्लबको इतिहासमै कीर्तिमानी बेजटमा मात्रै खेलाडी बेच्ने संकेत गरेको छ । ‘द मिरर’का अनुसार सिटीले सानेका लागि कम्तीमा १५० मिलियनभन्दा कमको अफर नसुन्ने भएको छ ।

साने पनि पहिलो रोजाइमा रहेर खेल्न बार्यन जान तयार देखिन्छन् । तर, त्यसका लागि दुई क्लबबीच आर्थिक मुद्दामा सहमति हुन भने कठिन देखिन्छ । सरुवा बजार अझै केही दिन खुलै रहने हुँदा बार्यनले अन्तिम समयसम्म साने अनुबन्धका लागि प्रयास गर्नेछ ।

प्रकाशित मिति १७ श्रावण २०७६, शुक्रबार ०५:५४
Loading...