‘द बेस्ट फिफा प्लेयर’को मनोनयन सार्वजनिक

एजेन्सी, साउन १५
विश्व फुटबलको सर्वोच्च संस्था फिफाले वर्ष २०१९ का लागि महिला फुटबलतर्फ वर्षको उत्कृष्ट खेलाडीको मनोनयन सार्वजनिक गरेको छ । नेपाली समयअनुसार बुधबार साँझ टप–१२ खेलाडीको सूची सार्वजनिक गरिएको छ ।

सार्वजनिक सूचीमा सबैभन्दा बढी महिला विश्वकप विजेता राष्ट्र अमेरिकाबाट ४ जना परेका छन् । त्यसपछि इंग्ल्यान्ड, फ्रान्स र नर्वेबाट २–२ जना परेका छन् ।

यस्तो छ सार्वजनिक सूची :

  1. लकी ब्रोन्जे – इंल्यान्ड
  2. जुली इरट्ज – अमेरिका
  3. कार्लोनी हान्सेन – नर्वे
  4. अदा हेगर्सन – नर्वे
  5. अमान्डिने हेनरी – फ्रान्स
  6. साम केर्र – अस्ट्रेलिया
  7. रोज लाभेल्ले – अमेरिका
  8. भिभिआन्ने मियाडेमा – नेदरल्यान्ड्स
  9. एलेक्स मोर्गान – अमेरिका
  10. मेगान रापीनोई – अमेरिका
  11. विन्डे रेनार्ड – फ्रान्स
  12. इलेन ह्वाइट – इंग्ल्यान्ड

प्रकाशित मिति July 31, 2019
Loading...