‘द बेस्ट फिफा कोच’को टप–१० मनोनयन सार्वजनिक

एजेन्सी, साउन १५
विश्व फुटबलको सर्वोच्च संस्था फिफाले वर्ष २०१९ का लागि वर्षको उत्कृष्ट प्रशिक्षकको मनोनयन सार्वजनिक गरेको छ । आज नेपाली समयअनुसार साँझ ६ बजे फिफाले सार्वजनिक गरेको मनोनयनमा इंग्लिस क्लब लिभरपुलका प्रशिक्षक जोर्गेन क्लोप सबैभन्दा पहिलो नम्बरमा छन् ।

क्लोपकै नेतृत्वमा गत सिजन लिभरपुल युरोपियन च्याम्पियन्स लिगको च्याम्पियन बनेको थियो भने प्रिमियर लिगमा उपविजेता बनेको थियो ।

त्यसैगरी, दोस्रो नम्बरमा म्यानचेस्टर सिटीका पेप ग्वार्डिओला रहेका छन् । ग्वार्डिओलाको नेतृत्वमा गत सिजन सिटीले प्रिमियर लिगसहित अन्य उपाधि जितेको थियो ।

तेस्रो नम्बरमा इंग्लिस क्लब टोटनह्यामका मोउरिसयो पोचेटिनो रहेका छन् । उनको नेतृत्वमा टोटनह्याम गत सिजन च्याम्पियन्स लिगको फाइनल पुगेको थियो पनि घरेलु लिगमा शीर्ष चारमा परेको थियो ।

त्यसैगरी, चौथो नम्बरमा पोर्चुगलका फर्नान्डो सान्तोष, पाँचौंमा ब्राजिलका टिटे, छैटौंमा पेरूका रिकार्डो गारेका रहेका छन् । त्यस्तै, सातौंमा डच क्लब आयाक्सका इरिक टेनहाङ, आठौंमा रिभर प्लेटका मार्सेलो गालार्डो, नवौंमा फ्रान्सका डिडिएर डेस्च्याम्पस र दशौंमा अल्जेरियाका जामेल बल्माडी रहेका छन् ।

प्रकाशित मिति १५ श्रावण २०७६, बुधबार १२:५३
Loading...